matrika-yadav
हुलाकी न्यूज, काठमाण्डौ, ८ फागुन । मातृका यादव नेतृत्वको संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले नेपालका उत्पीडित जनसमुदायलाई एक भई लड्न अपील गरेको छ ।

समितिद्वारा जारी विज्ञप्तिमा नेपालका उत्पीडित मधेशी, थारु, मुस्लीम, जनजाति, महिलाहरुलाई एक भइ गोर्खाली शासकको औपनिवेशिक शासनबाट मुक्त हुन आन्दोलनमा ऐक्यबद्धता जनाउन र सहभागी हुन आह्वान गरिएको छ ।
मधेश आन्दोलनमा शहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समितिले राष्ट्रिय आत्म निर्णयको अधिकार सहितको एक मधेश एक प्रदेशको मागमा आन्दोलन गर्न समितिले अपील गरेको छ ।

त्यस्तै, राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, नागरिकतामाथिको विभेदको अन्त्य, हालैको मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।

आन्दोलनमा घाइते भएकाहरुलाई उपचार खर्च दिनुपर्ने, आन्दोलन अवधिको जरिवाना मिनाहा हुनुपर्ने, आन्दोलनका क्रममा आन्दोलनकारीहरुमाथि दायर झुटा मुद्दा फिर्ता लिनुपर्ने लगायतका १४ बुँदे माग पनि आन्दोलन समितिले गरेको छ ।
यसअघि मधेह आन्दोलनताका मातृका यादवले काठमाण्डौसहितका शहरमा ‘गर्वसे कहु मधेशी छि, भगौडा नइ धर्तीपुत्र छि’ लेखाएका थिए ।
यस्तै आन्दोलनलाई यादवले अग्रसरताका साथ उठाउने जनाएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.