हुलाकी न्यूज़, ७ फाल्गुन /
दिल्ली भ्रमणमा रहेका प्रधानमन्त्री केपी
शर्मा ओलीलाई कालो झण्डा देखाउने दुई दर्जन
भन्दा बढि मधेशी युवाहरू पक्राउ परेका छन्।
प्रधानमन्त्री ओलीको भारत भ्रमणको पहिलो
आगमन संगै पहिलो कार्यक्रममै उनलाई
विरोधको सामना गर्नु परेको छ। बाह्रखम्बा
स्थित नेपाली राजदूतावासमा ओलीको
आगमन संगै उनलाई मधेशीहरूले कालो झण्डा
देखाउंदै विरोध गरि रहेका थिए।
नेपाली दूतावासमा प्रजातन्त्र दिवसको
अवसरमा आयोजित समारोहमा सहभागी हुन
त्यहां आई पुगेका ओलीलाई मधेशी युवाहरूले
कालो झण्डा देखाउंदै गर्दा सुरक्षामा
खटिएका दिल्ली पुलिसले करीब दुई दर्जन
मधेशी युवाहरू लाई नियंत्रणमा लिएका छन्।
पक्राउ हुनेमा युनाईटेड मधेशी ऑफ नेपालका
बिकास मिश्रा, सूर्यकिरण यादव, अभिषेक
मिश्रा, सीए प्रवीण कर्ण आदि रहेका
संस्थाका उज्जवल झाले दिल्लीबाट हुलाकी
न्यूजलाई जानकारी दिएका छन्।
प्रम ओलीको दिल्ली आगमनको विरोध
गरिरहेका यूनाईटेड मधेशी ऑफ नेपालका
कार्यकर्ताहरू ले उनलाई विमानस्थल बाहिर
पनि कालो झण्डा देखाएका थिए।




sala kp oli chor ma chikni sala lai goli han fina chaiyo …