
हुलाकी न्यूज, नयाँ दिल्ली ७ फागुन । भारत भ्रमणमा आएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ दिल्लीमा कालो झण्डा देखाइएको छ ।
प्रधानमन्त्री ओलीलाई नयाँ दिल्लीमा एयर पोर्टबाट निस्किने क्रममा कालो झण्डा देखाइएको हो ।
युनाइटेड मधेशी नयाँ दिल्लीको संयोजनमा मधेशी–थारु, आदिवासी–जनजातिहरुले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका हुन् ।
युनाईटेड मधेशीका संयोजक संजय यादवले हुलाकी न्यूसँग कुराकानी गर्दै सयौंको संख्यामा रहेका मधेशी–थारु, आदिवासी–जनजातिहरुले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको बताए ।





