Madhesi_morcha_press-Release
हुलाकी न्यूज, काठमाडौं ७ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारले बनाएको राजनीतिक संयन्त्र अस्वीकार गरेको छ ।

शुक्रबार दिउँसो मधेशी मोर्चाले प्रेस विज्ञप्ति जारी गर्दै एकतर्फी रुपमा बनाइएको संयन्त्र अस्वीकार गर्ने जनाएको हो ।

अहिले निर्माण गरिएको संयन्त्रले आन्दोलनरत पक्षको माग पुरा गर्न नसक्ने भन्दै अस्वीकार गरिएको मोर्चाले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘विदेश भ्रमणलाई उपलब्धीपूर्ण देखाउने मनसायका साथ सम्वाद नै विथोल्ने गरी तानाशाही प्रबृति देखाउँदै एकतर्फी ढंगले सिमांकनमा देखिएको समस्या समाधान गर्न भनी बनाइएको राजनीतिक संयन्त्र हामी आन्दोलनरत पक्षहरुको माग सम्बोधन नगर्ने भएकोले यस्तो राजनीतिक संयन्त्रलाई मोर्चा अस्वीकार गर्दछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.