Ck-raut-caders
हुलाकी न्यूज, राजविराज ७ फागुन । सप्तरी जिल्लाको भारदहबाट सीके राउतका तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।

भारदहको एक विद्यालयमा कार्यक्रम गरिरहेका श्याम नारायण मण्डल, सरेन्द्र मण्डल र भोगेन्द्र शर्मा पक्राउ परेका हुन् ।

उनीहरुलाई शुक्रबार ११ बजेतिर पक्राउ गरिएको स्वतन्त्र मधेश गठबन्धनले जनाएको छ ।

यता सप्तरीका प्रहरी प्रमुख भिम प्रसाद ढकालले हुलाकी न्यूजसँग कुराकानी गर्दै उनीहरुको पक्राउको पुष्टि गरेका छन् ।

ढकालले राउतका कार्यकर्ताहरु विद्यालयमा प्रशिक्षण गरिरहेको र उनीहरुको साथबाट स्वतन्त्र मधेशको पर्चा पम्पेलटहरु फेला परेको बताए ।
UPDATE

पक्राउ परेका सीके राउतका तीन जना कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गर्दै सप्तरीको भारदहमा प्रदर्शन भएको छ । सप्तरीका स्थानीयवासी तथा स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले रिहाईको माग गर्दै प्रदर्शन गरेका छन् ।

ck_raut-caders-1 Ckraut-caders-2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.