
हुलाकी न्यूज, काठमाडौं ७ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतलाई रिझाउन एकतर्फी रुपमा राजनीतिक संयन्त्र बनाइएको टिप्पणी गरेका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष यादवले भारत भ्रमणका क्रममा भारतीय पक्षलाई देखाउन राजनीतिक संयन्त्र निर्माण गरिएको बताए । उनले भने,‘मैले मधेशको समस्या समाधान गर्न प्रयास गरिरहेको भारतलाई देखाउन ओलीले राजनीतिक संयन्त्र गठन गरेको हो ।’
अध्यक्ष यादलले कुनै पनि हालतमा एकतर्फीरुपले बनाइएको राजनीतिक संयन्त्र मान्य नहुने चेतावनीसमेत दिए ।



