हुलाकी न्यूज, जनकपुरधाम २५ भदौ । जनकपुरधामको पगलाबाबा धर्मशाला आसपासमा रहेको मुस्लिम बस्तीमा प्रवेश गरी प्रहरीले कुटपिट गरेको छ । स्थानीय पत्रकार आतिश मिश्रका अनुसार केही बेरअघि प्रहरीले मुस्लिम बस्तीको घर घरमा प्रवेश गरी कुटपिट गरेको हो ।
जनकपुरधाममा जारी आन्दोलनमा मुस्लिम समुदायको उलेख्य सहभागीता रहँदै आएको छ । मधेशी मोर्चा र मुस्लिम संगठनबीच तालमेल भएपछि मुस्लिम महिलाहरु पनि आन्दोलनमा सहभागी हुँदै आएका छन् ।
यता जनकपुरधामको विश्वकर्मा चौक आसपासको घरमा पनि प्रवेश गरी प्रहरीले कुटपिट गरेको स्थानीय पत्रकारहरुले बताएका छन् । जनकपुरधामका नागरिक समाजले प्रहरीलाई घर घरमा प्रवेश नगर्न आग्रह गरेको पत्रकार घनश्याम मिश्रले जनाएका छन् ।
पत्रकार आतिश मिश्रका अनुसार प्रहरीले विहानदेखि अहिलेसम्म महाबीर चौक, देबी चौक, बजरंग चौक र विश्वकर्मा चौकमा हवाई फाईर गरेको छ । फाईल फोटो



