janakpur-railway

हुलाकी न्यूज, जनकपुरधाम ७ फागुन । महोत्तरी जिल्लाको बर्दिबास –जनकपुर– जयनगर ब्रोडगेज निर्माण समयमा पुरा नहुने भएको छ ।दुई वर्षमा ब्रोडगेजको काम पुरा हुने लक्ष्य राखिएको थियो ।तर बन्द हडतालको कारण काम अबरुद्ध भएकाले निर्धारित समयमा पुरा हुन नसक्ने नेपाली ठेकदार कालिका रमण कन्सट्रक्सनले जनाएकोछ ।

जनकपुर टुडेका अनुसार ‘छ महिना सम्म काम हुन सकेन’कालिका रमण कन्सट्रक्सनका आधिकारीक प्रतिनिधि बलराम महतोले भने–अहिले फेरी काम सुरु भएको छ । बन्द हडतालको कारण रोकिएको काम सुरु भएपनि अब थप एक वर्ष सम्म लाग्न सक्ने उनले बताए ।तीन चरणमागरि ६९ किलोमिटर लामो ब्रोडगेज रेललाइनको काम भइरहेको छ ।
छ महिनाको बन्द हडतालपछि ब्रोडगेज रेलवेको काम पून सुरु भएको छ ।पुल, कलभर्ट, माटो पुर्ने लगायतका कामहरु भइरहेको रेलवे बिभागको साइट इञ्जिनियर बिनोदकुमार ओझाले बताए ।
‘पूर्ब तर्फको काम धेरै अगाडी बढिसकेको छ’उनले भने–पश्चिम तर्फको कामपनि तिव्रगतिमा भइरहेकोछ ।
करिब ९ अर्बको भारतीय सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको बर्दिबास सम्म ६९ किलोमिटर लामो रेल मार्गको काम अन्तरगत दोस्रो चरणको प्रारम्भ भइसकेपनि तेस्रो चरणमा समय लाग्ने कालिका रमण कन्सट्रक्सनका महतोले जनाए ।उनले पहिलो चरण र दोस्रो चरणमा निर्माण हुने ठूला पुलहरुको डिजाइन र नक्सा समेत भारतबाट आइनसकेको बताए ।
पहिलो चरणमा जयनगर कपिलेश्वर खण्डको काम पुरा गरिनेछ । दोस्रो चरणमा कपिलेश्वरदेखि बिजलपुरा सम्मको कामपनि सुरु भइसकेको ईञ्जिनियर झाले जनाए ।

बिक्रम संबत १९९४ मा दाउरा इञ्जनबाट रेल सुरु भएको थियो ।नेपालको जंगलबाट काठ ढुवानीका लागि भारतमा रहेको तत्कालिन अंग्रेज शासकले सुरु गरेको दाउराबाट चल्ने रेललाई पछि भारत सरकारको सहयोगमा कोइला इञ्जनबाट लामो समय रेल सञ्चालन भएपनि  डिजेल इञ्जनबाट धेरै समय व्यवस्थित रुपमा रेल चल्न सकेन । अहिले तीन वर्षदेखि रेल पूर्ण रुपमा बन्द छ ।

भारतिय सहयोगमा निर्माण भइरहेको रेलको मुख्य ठेकदार भारतीय इरक्सनले कामको अनुगमन गरिरहेकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.