
हुलाकी न्यूज, कलैया ६ फागुन । कलैयाको होटल कलैया इनमा बैठक गरिरहेका नेपाली काँग्रेसका पाँच जना संसदलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा राखेका छन् । उनीहरुलाई दिउँसोबाट अबेर साँझसम्म आन्दोलनकारहरुले होटलमै घेरेर राखेका छन् ।
संसदहरुलाई घेरे पछि आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले आश्रु ग्याँस प्रहार र लाठी चार्ज गरेका थिए । जसबाट आधा दर्जन प्रशर्दनकारी घाइते भएको हुलाकी सहकर्मी संजय तिवारीले जनाएका छन् ।
मधेशी मोर्चाको चेतावनीलाई उल्लंघन गरेको भन्दै मोर्चाका नेताहरुले कांग्रेसका सांसदहरु फरमुल्लाह मन्सुर, राधेचन्द्र यादव, रामअयोध्या यादव, मधु् शाही र लालबाबु सिंहलाई होटलमै नियन्त्रणमा राखेका छन् । संसदहरु भित्र रहेका छन् भने मोर्चाका नेता कार्यकर्ताहरु बाहिरबाट नारावाजी गर्दैछन् ।



