
हुलाकी न्यूज, लहान ६ फागुन । तराई–राष्ट्रिय अभियानले मधेश आन्दोलनलाई प्रभावकारी बनाउन संघीय समावेशी मधेशी गठबन्धनलाई पुर्नगठन गर्ने निष्कर्ष निकाले को छ । विहीबार तमराको तेस्रो केन्द्रीय बैठकबाट आन्दोलनलाई सफल बनाउन नयाँ सोचका साथ मधेशी गठबन्धनलाई अगाडि बढाउने जनाएको छ ।
मधेश आन्दोलन तुहाइएको निष्कर्ष पनि तमराले निकालेको छ । लहानमा भएको तमराको केन्द्रीय बैठकले मधेशी मोर्चाले मधेश आन्दोलनलाई तुहाएको निष्कर्ष निकालेको हो ।
तमराको बैठकमा मधेशी मोर्चाले गरेको दश वटा गम्भीर गलतीहरूको ठहर गर्दै सो सवालमा मधेशी जनताको ध्यानाकर्षण गराउने जनाइको छ ।
बैठकले अगामी बैठकमा विधान संशोधन वारे प्रस्ताव, संगठनको नयां र समयानुकूल ढांचाको निर्धारण, आन्दोलनमा मधेशी मोर्चाले खेलेको गलत भुमिकाको चर्चा र मधेशी जनता समक्ष आन्दोलनको सिंहावलोकन प्रस्तुत गर्नु पर्ने सवालमा छलफल गरेको छ । तमरा अभियानको केन्द्रीय समितिको पुनर्गठन र नयां पदभार तथा जिम्मेवारीको निर्धारण सम्बन्धि प्रकृयाका बिषयहरूमा बैठकमा छलफल भएको संयोजक जेपी गुप्ताले जनाएका छन् ।
बैठकमा अभियानको धनुषा, महोतरी, सिरहा र सप्तरी जिल्लासंग सम्वद्ध केन्द्रीय समितिका सदस्यहरू, तीनै जिल्लाका संगठन संयोजकहरू र युवा अभियानका संयोजकहरूको सहभागिता रहेको थियो भने बैठक केन्द्रीय संयोजक जेपी गुप्ताको अध्यक्षतामा भएको थियो ।



