हुलाकी न्यूज, जनकपुरधाम २५ भदौ । आज गाउँघरबाट ठूलो संख्यामा प्रदर्शनकारीहरु जनकपुरधाममा प्रदर्शन गर्ने जानकारी पाएपछि स्थानीय प्रशासनले विहान ६ बजेदेखि कर्फयू जारी गरेको छ । मधेशी मोर्चा तथा स्थानीय संघसंस्थाले प्रदर्शनका बारे विहीबार नै जानकारी गराई सकेका थिए । प्रशासनले हिजो साँझ नै कर्फयूको जानकारी गराएको थियो ।

आज विहानैदेखि प्रदर्शनकारीहरु विभिन्न चौक–चौकमा टायर बाली प्रदर्शनमा उत्रेका छन् । स्थानीय पत्रकार घनश्याम मिश्रका अनुसार विभिन्न चौकमा प्रहरीले हवाई फाईरसमेत गरेको छ ।

हुलाकी सहकर्मी शैलेन्द्र महतोका अनुसार प्रहरी र प्रदर्शनकारीबीच विभिन्न चौकमा लखेट्नेकाम समेत हुँदैछ । मुख्य चौकहरु सुनसान भएपनि टोलहरुमा प्रदर्शन जारी रहेको छ ।

यता मधेशी मोर्चा श्रोतका अनुसार कर्फयूको उलंघन गर्दै दिउँसो प्रदर्शनको तयारी हुँदैछ । भिडियो दिपक मिश्रा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.