united-madheshi-newdelhi
हुलाकी न्यूज, नयाँ दिल्ली ६ फागुन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको राजधानी नयाँ दिल्लीमा कालो झण्डाले स्वागत हुने भएको छ ।

प्रधानमन्त्री ओलीलाई नयाँ दिल्लीमा मधेशी–थारुहरुले कालो झण्डा देखाउनुका साथै विरोध प्रदर्शनका कार्यक्रमहरुको तयारी गरेका छन् ।

युनाइटेड मधेशी नयाँ दिल्लीका संयोजक संजय यादवले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार मधेशी–थारु–आदिवासी जनजातिहरुले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने छन् ।

भोलि भारत भ्रमणमा आउन लागेका प्रधानमन्त्रीको विरोधका लागि कार्यक्रमहरु तय भइरहेको यादवले बताए ।

उनले भोलि प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउनुका साथै प्रधानमन्त्रीको विरोधमा कार्यक्रमहरु हुने बताए । उनले नेपाली दुतावास अगाडि पनि प्रदर्शन हुन सक्ने जनाए ।

विरोधका कार्यक्रमहरुको समय र स्थान भने गोप्य राखिएको छ ।

फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.