20160217_132533
रंजन भण्डारी, जलेश्वर, ६ फागुन । गत मंगलवार महोत्तरीको नैन्ही गाविसको बजारक्षेत्रमा भेटिएकी एक ७ वर्षीय बालिकालाइ बिहिबार अभिभावकको जिम्मा लगाईएको छ ।

नैन्ही प्रहरी चौकीलाई भेटिएकी सो बालिका बोल्न नसक्ने थाहा भएपछि मंगलबार साँझ नै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जिम्मा लगाईएको थियो । बालिकाबारे स्थानिय एफएममा सूचना प्रवाह गराइएको थियो ।

सो सुचना कै आधारमा बालिकाका पिता भारतको जिल्ला सितामढी ग्राम भाटसर १ निवासी मोहन रायले उक्त वच्चा आफ्नो हो भनि जिल्ला प्रहरीमा सम्पर्क गरेका थिए ।

स्थानिय मानवअधिकारवादी,पत्रकार र महिला तथा बालबालिका कार्यालयका प्रतिनिधीको रोहवरमा बालिका अभिभावकको जिम्मा लगाइएको छ । बालिका आफै बिहान उठेर घरवाट निस्किएकोमा आफूहरुले सोहि दिन देखि खोजी गर्दै आएको बालिकाका पिता मोहन रायले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.