rape-
हुलाकी न्यूज, सर्लाही, ६ फागुन । सर्लाहीको अर्नाहा गाविसमा ९ वर्षकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बालिका बलत्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने बलात्कारमा संलग्न अर्का युवक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा अर्नाहा ७ का २० वर्षीय युवकलाई पक्राउ गरेको छ । उनलाई म्याद थप गरेर कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न फरार युवकको पनि खोजी भइरहेको इलाका प्रहरी कार्यालय गडहीया डुमरीयाका प्रहरी निरीक्षक दीपक रायले जानकारी दिए ।

गत सोमबार बिहान साँढे ८ बजे खेतमा काम गरिरहेका बुवालाई भेट्न जाँदा बालिका माथी दुई युवकले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पीडित बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरी निरीक्षक रायले बताए ।

बालिकालाई जिल्ला अस्पताल मलंगवामा स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गडहीया डुमरीयाले जनाएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.