
हुलाकी न्यूज, काठमाडौं ६ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र तीन दलका प्रतिनिधिबीच आज तीन बजे छलफल हुने भएको छ ।
विहान ११ बजे भनिएको छलफल तीन बजेका लागि सारिएको मोर्चाका तर्फबाट छलफलमा सहभागी केशव झाले बताए ।
बुधबार साँझ मोर्चा र तीन दलका प्रतिनिधिबीच छलफल भएको थियो । तर छलफलमा तीन दलले आफ्नै अडान राखेपछि कुनै निष्कर्षमा पुगेको थिएन ।
आज पनि ठोस निष्कर्षमा पुग्न सक्ने सम्भावना न्यून रहेको छ । किनभने तीन दल वा मोर्चाका शिर्ष नेताहरुबीच छलफल भएको छ । अर्थात प्रतिनिधिहरुले छलफल गरेपनि अन्तिम निर्णय शिर्ष नेताहरुले नै गर्दै आएको छ ।



