ranjit-ray
हुलाकी न्यूज, काठमाडौं ५ फागुन । नेपाल लागि भारतीय राजदुत रञ्जित रेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेहरी र भुजको भ्रमण गराउने बताएका छन् ।

राजदुत रेले प्रधानमन्त्रीको भ्रमणमार्फत भारतले आर्थिक विकास र पुनःनिर्माणको साझेदारीमा शसक्त सन्देश दिने उल्लेख गर्दै भने,‘हामीले जलविद्युतको कसरी विकास गरेका छौ र भुकम्प पछिको पुर्ननिर्माण कसरी गरेका छौ भनेर प्रधानमन्त्रीलाई टेहरी र भुजको भ्रमण गराउँदैछौ ।’

बुधबार काठमाडौको रिपोर्टस क्लवमा भएको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको भ्रमणलाई भारतले अत्यन्तै महत्व दिएको भन्दै दुई मुलुकवीचको पछिल्लो अवस्थाले पनि भ्रमणको महत्व अझै बढाएको बताए ।

उनले भने,‘पछिल्लो समयमा नेपाल र भारतवीचको सम्बन्धमा उतारचढाव आयो । प्रधानमन्त्रीको यो भ्रमणले यस्तो असहज परिस्थितिको अन्त्य गर्छ । नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु हुँदैछ हामी यसबाट खुसी छौ । प्रधानमन्त्रीको भ्रमण सफल हुन्छ, प्रोडक्टिब हुन्छ, फु्रटफुल हुन्छ । यसले सम्बन्धलाई अझै प्रगाढ बनाउँछ ।’

राजदुत रेले नेपालमा प्रदेशहरुको पुनःसीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय सकारात्मक भएको भन्दै नेपालले आन्तरिक समस्या संबादबाटै समाधान गर्ने विषय सकारात्मक भएको बताए । यद्यपि उनले यी विषय नेपालको आन्तरिक मामिला भएकोले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.