Upendra-Yadav
अफरोज मन्सुर, काठमाडौं ५ फागुन ।
संघीय समाजवादी फोरम नेपालका एक दर्जन केन्द्रीय नेतासहित ४२ जनाले पार्टी परित्याग गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले पार्टी परित्याग गरेको हो । पार्टी परित्याग गर्नेहरुमा पुर्व गृह राज्यमन्त्री तथा सघीय समाजवादी पार्टीका तत्कालिन केन्द्रिय उपाध्यक्ष रिजवान अन्सारी र संघीय समाजवादी पार्टीका पूर्व केन्द्रिय उपाध्यक्ष बिर बहादुर लामासहितको समूहले फोरमको परित्याग गरेका छन् ।

सघीय समाजवादी फोरम नेपालको नेतृत्वले पार्टीको मुल मर्मलाई नै मारेर नियन्त्रित समावेशी सिद्धान्त लागु गरेकाले आफुहरुले पार्टी परित्याग गरेको अन्सारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । पार्टीले एकातिर राज्यसँग समानुपातिक समावेशीताको मुद्दालाई उठाएर आन्दोलन गरेको र अर्कोतिर आफ्नै विधानबाट उक्त नितिलाई छलपुर्ण ढगंले हटाउने काम गरेको र एकीकरण गर्ने अभियानमा समावेशीताको मलजल हुनुको सट्टा सगंठन नै तहसनहस हुने संरचना बनेकाले आफु यसप्रती असन्तुष्ट रहँदै आएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यसरी एकिकरणको नामा बिचलनको शुरुवात भएको अन्सारीले आरोप लगाएका छन् ।

फोरम नेपाल परित्याग पश्चात पुर्व र वर्तमान केन्द्रिय सदस्यहरुलाई समेटेर ‘सघीय नवविचार समुह’ नामक नँया पार्टी गठनको तयारीमा जुट्ने अन्सारीले जानकारी गराए ।

पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अन्सारीले ‘संघिय नवविचार समुह’ बनाएपछि फोरमले अन्सारीलाई पार्टीबाट निष्कासन गरेको थियो ।

Rajinama-1 Rajinama-2 Rajinama-3 Rajinama-4

1 COMMENT

  1. khali parti futau madhesile lat han6 bhot magana gayo bhane ani thaha hun6 timiharu madhesi jantalai dhoka din matra janya 6 ab sarkar bhan6 bhaner hola mantari khan lai.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.