Janakpur-lathi-julush

हुलाकी न्यूज, बीरगञ्ज–जनकपुर ५ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको घोषित कार्यक्रमअनुसार बुधबार बीरगञ्ज र जनकपुरमा विशाल लाठी जुलुस प्रदर्शन भएको छ ।

मधेशी मोर्चामा तीन दल थपिएपछि सात दल सम्मिलित मोर्चाको लाठी जुलुस विशाल रुपमा प्रदर्शन भएको हुलाकी सहकर्मीहरुले बताएका छन् ।

पछिल्लो पटक मधेशी मोर्चाले जारी गरेको कार्यक्रमअनुसार बुधबार मधेशका सम्पूर्ण जिल्लाहरुमा लाठी जुलुस प्रदर्शन गरिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साका नेता प्रदिप यादवले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार बीरगञ्जमा लाठी प्रदर्शन गर्न हजारौंको संख्यामा ग्रामिण क्षेत्रबाट मधेशीहरु आएका थिए ।

यता मधेशी मोर्चा धनुषाका संयोजक संजय सिंहले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार जनकपुरधाममा पनि हजारौंको संख्यामा मधेशीहरु लाठी जुलुसमा सहभागी भएका थिए ।

Birgunj-lathi-julush Birgunj-lathi-julush2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.