
हुलाकी न्यूज, काठमाडौं ५ फागुन । विगत ६ महिनादेखि जारी मधेश आन्दोलनमा नदेखिएको भन्दै राष्ट्रिय मधेश समाजवादी पार्टीका तीन जना पदाधिकारी कारवाहीमा परेका छन् ।
एक जना महासचिव र एक जना सचिवलाई एक वर्षका लागि निलम्बित गरिएको छभने एक जना सचिवलाई निष्काषण गरिएको छ ।
रामसपाका अध्यक्ष शरत्सिंह भण्डारीले हुलाकी न्यूजसँग कुराकाकानी गर्दै मधेशमा जारी आन्दोलनमा भूमिका नदेखिएको र पार्टीले खटाएको क्षेत्रमा पनि नदेखिएकाले महासचिव ओमप्रकाश यादव र सचिव पशुपतिनाथ झालाई एक वर्षका लागि निलम्बन गरिएको बताए ।
त्यस्तै अध्यक्ष भण्डारीका अनुसार अर्का सचिव विजय कुमार सिंह दनुवार अर्को पार्टीमा सक्रिय भएर लागेकोले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काषन गरिएको छ ।
भण्डारीले पार्टीको क्रियाकलाप तथा आन्दोलनमा नदेखिने तथा पार्टीको पद ओगटेर बस्नेहरुलाई कारवाही हुने बताए ।



