Ram Charitra Sahरामचरित्र साह
कार्यकारी निर्देशक एवं वातावरण बैज्ञानिक,
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द

नेपाल विश्वमान चित्रमा एक कम विकशित देश हो ।  क्षेत्रफलको हिसावले नेपाल विश्वको ९३ औ स्थानमा र जनसंख्याको हिसावमा ४१ औं स्थानमा रहेको छ ।

नेपालको कुल जनसंख्या ३ करोर मध्ये तराईका २० जिल्लामा करीब ५१ प्रतिशत जनसंख्या हाल आएर ऐस्वेस्टस ( ऐल्वेस्टस) को ब्यापक आयात, विक्रि वितरण तथा प्रयोगले विभिन्न दिर्घकालिन रोगहरु जस्तै स्वासप्रस्वास, छाति दुख्ने, लामो समय सम्म खोकी लागी रहने र क्यानसर समेत लगाउन सक्ने सम्भावना निकै बढ्दै गएको छ । ऐस्वेस्टसको प्रभाव सबैभन्दा बढी कामदार, मिस्त्री  र ऐस्वेस्टसबाट छाना छाएको घरमा बस्ने मानिसहरु, बृद्ध बृद्धा, महिला तथा बालबालिकाहरुमा पर्ने गरेको छ ।

विगतमा गरिएका धेरै अध्ययनहरु र विश्व स्वास्थ्य संगठन (World Health Organization) International Agency for Researchon Cancer ले सबैखाले ऐस्वेस्टस मानव जातीलाई क्यान्सर लगाउन सक्ने प्रमाणित गरीसकेको र हाल आएर नेपाल लगायत विश्वका करिब ६० भन्दा बढी देशहरुमा ऐस्वेस्टसको आयात, निर्यात तथा प्रयोगमा समेत बन्देज लगाई सकिएको छ ।

नेपालमा क्यान्सर रोगी सम्बन्धि कुनै आधिकारीक सरकारी तथ्यांक नभएपनि करीब ३५००० देखी ४०००० क्यान्सरका बिरामीहरु पाइने अनुमान गरिएको छ । जसको अधिकांस संख्या तराईमा रहेको छ । नेपाली जनताको मूख्य १० मृत्यूको कारणहरुमध्ये स्वासप्रसवास सम्बन्धि समस्याहरु चौथो ठूलो कारणहरु ऐस्वेस्टस सँग पनि सम्बन्धित रहने सम्भावना रहेको स्थिती रहेको छ ।

तराई लगायत नेपालका अन्य भागहरुमा पनि  ऐस्वेस्टसको आयात, विक्रि वितरण र प्रयोग बढेसंगै बढ्दै गएको स्वास्प्रस्वास र क्यान्सरको  समस्या र वातावरणीय प्रदूषणको समस्यालाई समाधान गर्न नेपाल सरकार, वातावरण मन्त्रालयले राजपत्रमै सुचना जारी गरी ऐस्वेस्टसको आयात, विक्रि वितरण तथा प्रयोगमा पुर्ण रुपेण बन्देज लगाएको थियो । तैपनि सम्बन्धित सरकारी कार्यालयहरु मूख्य रुपमा भन्सार कार्यालय र बाणिज्य कार्यालयले आयात एवं विक्रि वितरणमा प्रभावकारी प्रतिबन्धर बजार अनुगमन गर्न नसकेको कारण उक्त सरकारी निर्णयको प्रभावकारी हुने समय असार ५ गते देखीनौ महिना वितिसक्दा पनि आजको दिनमा पनि तराईका अधिकाशं बजारहरुमा आयात भै ब्यापक विक्रि वितरण भैरहेको छ । तसर्थ यसको प्रभावकारी कार्यान्वयन सबै पक्षबाट हुनु जरुरी छ ।

नेपालमा ऐस्वेस्टसका कारण हुने क्यान्सर पिडितहरुको पनि पहिचान भैसकेको सरकारी तथा चिकित्सकीय आंकडाहरु रहेको छ । अनेकौ नकारात्मक असरका बाबजुत हालको अवस्था सम्म आउँदा नेपालमा आवश्यक नीतिनियम, ऐन कानुन नभएको कारणले एस्वेस्टसको आयात, विक्रि वितरण तथा प्रयोग, खासगरी घर छाउने कामका लागि अत्यधिक परिणाममा आयत भै निर्वाध रुपमा प्रचारप्रसार तथा प्रयोग भैरहेको थियो । नेपालको विभिन्न क्षेत्रहरु र विशेष गरी तराई क्षेत्रमा घरको छाना छाउन हालैको वर्षहरुमा व्यापक आयात, विक्रिवितरण, प्रचार प्रसार तथा प्रयोग हुदै आईरहेकोबाट मानव स्वास्थ्य तथा वातावरण जोखिमपूण रहेको आस्थामा गत साल मिति२०७१।९।७ मा आएको सरकारको एसवेस्टस आयात र प्रयोग पुर्णरुपेन बन्देज लगाउने निर्णय दुरगामी र स्वागत योग्य निर्णयको प्रभावकारी कार्यान्वययन सबै पक्षबाट गर्न गराउनु पर्दछ ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र  काठमाण्डौले जापान स्थित टकागी फन्ड फोर सिटिजन साईन्सको सहयोगमा मानव स्वास्थ्य तथा वातावरणलाई दिर्घकालिन रुपमै हानि गर्ने रसायन नेपाल सरकारले एस्वेस्टसको आयात र विक्रि वितरण तथा प्रयोगमा पुर्णतया प्रतिवन्ध लगाएतको निर्णयको प्रभावकारी कार्यान्वयनमा ठोस टेवा पु¥याउन मध्य तथा पुर्वी तराईका विभिन्न भन्सार कार्यालयहरु, अधिक विक्रिवितरण भैरहेको बजारहरु र प्रयोग भैरहेको जिल्लाहरुको स्थलगत अध्यन, ऐस्वेस्टसका नमूनाहरु प्रयोगशाला परीक्षण, सम्भाव्य प्रभावित ब्यक्तिहरु र क्षतीग्रस्त प्रदूषित स्थानहरुको अध्यन संगै तत् सम्बन्धी आमजनतामा आवश्यक जनचेतना जगाउने आदि कार्यक्रमहरु सहितको एक राष्टिूय अध्ययन प्रतिवेदन तयार पारी सम्बन्धित सबै सरोकार वाला व्यक्ति, संस्था एवं सरकारी निकाय तथा आम सञ्चारका माध्यमहरुमा पु¥याउने उदेश्यले एक राष्टिूय प्रतिवेदन तयार गरीरहेको छ । साथै आम सञ्चारकर्मीहरु लगायत

सञ्चारगृहहरुलाई आ–आप्mनो ठाउबाट यो क्यान्सरजन्य ऐसबेस्टसको आयात, विक्रिवितरण तथा प्रयोगलाई निरुतसाहित गर्न यो सरकारी निर्णयको ब्यापक प्रचार प्रसारमा सहयोग गर्न पनि सबैलाई अनुरोध गर्दछु र  पुनस्चः देशका विभिन्न भागमा अवउपरान्त यस प्रतिवन्धित ऐस्वेस्टसको आयात विक्रि वितरण तथा प्रयोगमा पुर्णतया प्रतिबन्ध लगाउनुको साथै पहिले भित्रीसकेको र प्रयोगमा रहेका ऐस्वेस्टसहरुको मात्राएकिन गरी वातावरणमैत्री तरीकाले व्यवस्थापन गर्न गराउन सम्बन्धित सबै संग अपील गर्दछु । यो विचार जनकपुर टुडेमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.