Janakpur-bidhut-sahamati
हुलाकी न्यूज, जनकपुरधाम ५ फागुन । आन्दोलन अवधीको विद्युत महसुल किस्तावमा बुझाउने सहमति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, उद्योग बाणिज्य संघ र नेपाल विद्युत प्राधिकरणबीच भएको छ ।

तीनै पक्षको बैठकले सर्वसाधारणमा परेको आर्थिक भार समाधान भएको सहमति अनुसार गएको साउन ३ गतेदेखि माघ २९ गतेसम्मको ६ महिनाको बाँकी महसुल किस्ताबन्दी तरिकाले बझाउन सहमत भएका छन् । आमहडतालको क्रममा विलिङ नभएको ६ महिनाको बक्यौता रकमलाई ६ किस्ता बनाई ग्राहकले महसुल बुझाउनुपर्ने भएको छ ।

मधेशी मोर्चा धनुषाका संयोजक संजय सिंहका अनुसार सो अवधिको जरिवाना भुक्तानी गर्नुपर्ने छैन । सिंहका अनुसार ग्राहकले विगतमा पाउँदै आएको सुविधा महशुल बुझाउँदा पाउने छन् । विद्युत महसुल बुझाउन जनकपुर वितरण कन्दे्रले विभिन्न काउण्टरहरु संचालन गरेपछि मोर्चा र जनकपुर उद्योग वाणिज्य संघले सोमबार काउण्टर बन्द गराएका थिए ।

काउण्टर बन्द गराएपछि महसुल उठाउन नसक्ने भएपछि जनकपुर वितरण केन्द्र नेपाल विद्युत प्राधिकरणका प्रमुख जितेन्द्र झाको पहलमा मंगलबार मोर्चाका संयोजक सिह र जउवा सघका अध्यक्ष शिवशकरं साहलगायत नेताहरुको बैठक भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.