arresting

हुलाकी न्यूज, जलेश्वर ५ फागुन । जिल्ला अदालत महोत्तरीले बालक हत्या अभियोगमा पाँच जनालाई जेल चलान गरेको छ । महोत्तरी सदरमुकाम जलेश्वरका ११ वर्षीय बालक निश्चल पाण्डेको हत्या अभियोगमा पाँचजना जेल चलान भएका छन् ।

पाण्डेको अपहरणपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत महोत्तरीले पाँचजनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । हत्या अभियोगमा पक्राउ परेका जलेश्वर– १ का पप्पु यादव, जलेश्वर– ६ का गोविन्दकुमार मिश्र, जलेश्वर– १२ का सरोज पाण्डे र सञ्जीव मिश्र तथा जलेश्वर– ८ का शिवम् चौधरी सोमबार जेल चलान भएका हुन् ।

महोत्तरीका अतिरिक्त जिल्ला न्यायाधीश पूर्णप्रसाद बास्तोलाको इजलासले उनीहरूलाई जेल चलानको आदेश दिएको हो । उनीहरूले गत २९ पुसमा जलेश्वर– १२ भिठ्ठामोड बसपार्कबाट नवीन पाण्डेका ११ वर्षीय छोरा निश्चलको अपहरणपछि हत्या गरेको महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

जलेश्वर– १२ मलिबारा घर भएका निश्चलको शव प्रहरीले अपहरणको पाँच दिनपछि रातुखोला किनारमा खाल्डो खनेर गाडेको अवस्थामा फेला पारेको थियो । फिरौती असुल्ने उद्देश्यले बालकको अपहरण गरेको बयान उनीहरूले प्रहरीलाई दिएका छन् । अपहरण गरेर लैजाँदा बालक चिच्याएपछि मुख थुन्दा बालकको मृत्यु भएको उनीहरूको भनाइ छ ।

अपहरणपछि उनीहरूले बालकका आफन्तलाई फोन गरेर ५० लाख रुपैयाँ फिरौती मागेका थिए । हत्यामा संलग्न अन्य केही फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.