
काठमाडौं । ज्यान हेर्दा फुर्तिलै छ, महन्थ ठाकुर र राजेन्द्र महतोको जस्तो उमेर पनि ढल्किहालेको हैन, शारीरिक उपचार भनौं कुन अस्पतालमा झुल्किएए त्यसको जानकारी छैन, राजनीतिक परामर्श मानौं क–कसलाई भेटे व्यहोरा कतै सार्वजनिक भएको पनि छैन । २५ दिनदेखि सिके राउत दिल्लीतिरै व्यस्त छन् ।
तर, उनको सक्रियता केका लागि हो खुल्न सकेको छैन । एकातिर उनी दिल्लीतिर भएकै बेला प्रधानमन्त्रीको भारत भ्रमण सुरु हुनु, अर्कोतिर तराईका केही जिल्लामा अनुयायीहरु गुपचुप प्रशिक्षणमा व्यस्त हुनु अचम्मको संयोग देख्न पाइएको छ । यस अघि मधेसी मोर्चाको आन्दोलनमा सिकेका कार्यकर्ताहरु मिसिएका हुन्थे तर, अहिले रुपन्देही, कपिलवस्तु, नवलपरासी, सिरहा, सप्तरीमा तालिम चलाउँदैछन् । प्रशिक्षक र स्वंयसेवक तयार पार्दैछन् ।
चन्दा संकलन पनि जारी छ । ठूला सभा कतै आयोजना गरिएका छैनन् । यसकारण खर्च पनि ठूलो छैन । छापामार शैलीमा २५/३० जना स्थानीयलाई भेला गर्यो आजाद मधेसको पक्षमा भाषण ठोक्यो र बाटो लाग्यो । यसैगरी गतिविधि अघि बढेको छ । राजेन्द्र महतोको सद्भावनाबाट गएका कैलाश महतोले यी सबै गतिविधिको अगुवाई गरको बताइन्छ । अाजकाे अनअास्थामा खबर छ ।




Grear,
it seems Dr. C K Raut is waiting in delhi to increase barganing power of India with K P Oli. truth only god knows but we can guess….
yap something more they would like to barg
ain with ktm govmnt. that my guess too.
न्यूज़ कमसेकम बेढंगसी तोह ना दिया करो! publish कर्नेसे पहले एकबार एडिट करलिया करो।