tamalopa-gyapanpatra
हुलाकी न्यूज, सिरहा ४ फागुन । नाका अवरुद्ध गर्ने आन्दोलन स्थगित भएपनि कालोबजारी कायम छ । कतिपय स्थानमा सरकारी संयन्त्रले पनि कालोबजारी जारी राखेको छ ।

कालोबजारी तथा तस्करी बन्द गर्न माग गर्दै तराई मधेश लोकतान्त्रिक पार्टी सिरहाले ओली सरकारसँग माग गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकार मार्फत सात बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै तमलोपाले प्रधानमन्त्री ओली तथा मन्त्रिपरिषद्को ध्यानाकर्षण गराएको हो ।

तमलोपाका केन्द्रीय सदस्य सुरेश मण्डलले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार तराई–मधेशमा रहेका सरकारी कार्यालयहरु आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालयलगायत गैरसरकारी कार्यालय, बैंंक, विद्युत प्राधिकरण, दूरसञ्चार संस्थान लगायतका सबै कार्यालयमा लाग्ने राजस्वमा कम्तीमा तीन महिनाका लागि जरिवाना मिनाहाको व्यवस्था गर्न माग गरिएको छ ।

मधेशका जिल्लाहरुमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासलगायत खाद्यान्नको सहज र सुलभ आपूर्ति हुनुपर्ने, कालोबजारी र तस्करी तुरुन्त बन्द हुनुपर्ने र सरकारी तथा गैरसरकारी कार्यालयहरुमा रहेको क्यान्सररुपी घुसखोरी र भ्रष्टाचारीको अन्त्य हुनुमपर्ने माग तमलोपाले गरेको छ ।

सेवाग्राहीहरुलाई सर्वसुलभ सेवाको पहुँच हुनुपर्ने, विद्यालयहरुमा नियमितरुपमा पठनपाठनको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै ध्यानाकर्षण पत्र बुझाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.