अधिवक्ताको आवश्यकता

प्रकाशित मितिः २०७२।११।०४ गते

तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स) को परियोजनाको लागि कानुनी सहायतासंग सम्बन्धित कार्य गर्नको लागि अधिवक्ताको नामावली (Roster) तयार गर्न अधिवक्ताहरु (Lawyers) को आवश्यकता रहेकोले इच्छुक अधिवक्ताहरुले सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आवेदन गर्न आव्हान गर्दछ ।

जिल्लाहरु: कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ्ग, कपिलवस्तु, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, झापा ।

गर्नुपर्ने कार्य: यातना, गैरकानुनी पक्राउ, नागरिकता, विभेद तथा समावेशीकरण सम्बन्धी मुद्दाहरुको मस्यौदा, बहस पैरवी तथा नियमित थुनाकक्ष अनुगमन ।

अनुभवः  मानवअधिकार, सुशासन तथा सामाजिक न्यायको लागि पहल गर्दै कम्तिमा ५ बर्षको अदालत  अभ्यासरत रहेको अनुभव ।

आवश्यकता कागजातहरुः निवेदन पत्र, अध्यावधिक बायोडाटा, अधिवक्ताको प्रमाणपत्र, नागरिकताको प्रमाण पत्र । (निवेदनमा कार्य गर्ने चाहने जिल्लाको नाम अनिवार्य खुलाउनु पर्ने )

सेवासुविधाः मुद्दाअनुसार संस्थाको कानुनी सहायता निर्देशिका बमोजिम ।

 

नोट: उपरोक्त पदको छनौट गर्दा महिला, दलित, मधेसी, थारु, मुस्लिम, जनजाती लगायत सिमान्तकृत समुदायलाई बिशेष ग्राहयता दिइनेछ ।

सम्पर्क: तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)

फोन नं. ०१-५१००६९६  इमेल: [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.