प्रकाशित मिति : २०७२ फाल्गुन ४ गते

मानवअधिकारको क्षेत्रमा कार्यरत एक संस्थाका लागि तराईका जिल्लाहरुमा केही कर्मचारी आवश्यकता रहेकोले निम्न योग्यता एवं अनुभवी इच्छुक व्यक्तिले सुचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवेदन गर्न आव्हान गर्दछ।

१. पदः     क्षेत्रीय मानव अधिकार संयोजक (Regional Human Rights Coordinator)

संख्या :     १ (एक) जना

कार्य क्षेत्र :      बीरगंज

योग्यताः    स्नातक वा सो सरह उतीर्ण

अनुभवः     मानवअधिकार, सुशासन वा सामाजिक विकासको क्षेत्रमा कम्तिमा ५ बर्ष काम गरेको ।

प्रमुख कार्य:  यातना, गैरकानुनी हत्या, स्वेक्षाचारी पक्राउ, समाबेसी, विभेद, नागरिकता लगायतका मानव अधिकारको उल्लंघनको घटनाहरुको अनुगमन, दस्तावेजीकरण गर्नुपर्ने, अन्य फिल्ड कर्मचारीहरुसंग संयोजन गरि कार्य गर्नुपर्ने ।

२. पदः     प्रशासकिय सहायक (Admin Assistant)

संख्या :     १ (एक) जना

कार्य क्षेत्र :      काठमाडौं

योग्यताः    +२ वा सो सरह उतीर्ण

अनुभव:     कार्यालय प्रशासन सम्बन्धी कम्तिमा दुई बर्षको कार्य अनुभव ।

प्रमुख कार्य: कार्यालयको प्रशासकिय कार्य, लेखा तथा प्रशासकिय संयोजकसंग समन्वय गरि कार्यालय तथा कार्यक्रम सन्चालनको लागि सम्पूर्ण कार्यमा सहयोग गर्नुपर्ने, फिल्ड कर्मचारीहरु सम्पर्क समन्वय गर्नुपर्ने ।

३. पदः     मानव अधिकार अधिकृत (Human Rights Officer)

संख्याः      २ (दुई) जना

कार्य क्षेत्र :      जनकपुर र  धनगढी

योग्यताः    स्नातक वा सो सरह उत्तीर्ण

अनुभवः     मानवअधिकार, सुशासन वा सामाजिक विकासको क्षेत्रमा कम्तिमा २ बर्ष काम गरेको हुनुपर्नेछ।

प्रमुख कार्य:  क्षेत्रीय मानव अधिकार संयोजकको मातहतमा रही      यातना, गैरकानुनी हत्या, स्वेक्षाचारी पक्राउ, समाबेसी, विभेद, नागरिकता लगायतका मानव अधिकारको उल्लंघनको घटनाहरुको अनुगमन, दस्तावेजीकरण गर्नुपर्ने ।

४. पद :  मानवअधिकार अनुगमनकर्ता (Human Rights Monitors)

संख्या :     ९ (नौ) जना

कार्य क्षेत्र :      १. झापा र मोरंग, २. सुनसरी र सप्तरी, ३. सिरहा ४. सर्लाही ५. रौतहट ६. बारा र पर्सा ७. नवलपरासी ८. रुपन्देही र कपिलवस्तु ९. दाङ

योग्यताः    प्रवीणता प्रमाण वा १०+२ उत्तीर्ण ।

अनुभवः     मानव अधिकार, सुशासन वा सामाजिक विकासको क्षेत्रमा कम्तिमा २ बर्ष काम गरेको ।

प्रमुख कार्य:  क्षेत्रीय मानव अधिकार संयोजकको मातहतमा रही      यातना, गैरकानुनी हत्या, स्वेक्षाचारी पक्राउ, समाबेसी, विभेद, नागरिकता लगायतका मानव अधिकारको उल्लंघनको घटनाहरुको अनुगमन, दस्तावेजीकरण गर्नुपर्ने ।

 

इक्छुक आवेदकहरुले आफ्नो बायोडाटा र नागरिकताको प्रतिलिपिसहित पद र जिल्ला खुलाई निवेदन पत्र मिति २०७२ फाल्गुन १० गतेसम्म इमेल ठेगाना [email protected] मा पठाउन आह्वान गरिन्छ । सर्ट लिस्ट भएका आवेदकहरुलाई इमेल र फोनमार्फत जानकारी गराईनेछ ।

परिक्षाको किसिम: लिखित तथा मौखिक

(लिखित परिक्षामा उतिर्ण हुने आवेदकहरुलाई मात्र अन्तर्वार्तामा बोलाइने छ । )

 

पुनश्चः प्रत्येक पदको लागि कम्प्युटर सम्बन्धि सीप अनिवार्य हुनुको साथै आवश्यक्ता अनुसार संस्थाको कार्यक्षेत्रभित्र भ्रंमणसमेत गर्नुपर्ने हुन्छ । उपरोक्त पदहरुको छनौटमा स्थानीय महिला, दलित, मधेसी, थारु, मुस्लिम, जनजाती लगायत सिमान्तकृत समुदायलाई विशेष ग्राहयता दिइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.