
हुलाकी न्यूज, कलैया ४ फागुन । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर बाराका तीन जना सहिद परिवारलाई भेटेका छन् ।
सोमबार भोला साह र दिनानाथ गौढका परिवारलाई ठाकुरले भेटेका छन् भने मंगलबार हिफाजन मियाँका परिवारलाई भेटेका छन् ।
सहिद परिवारहरुसँगको भेटमा ठाकुरले उनीहरुको सहादत खेर नजाने बताएका छन् । ठाकुरले सहादतबाट मधेशले मुक्ति पाउने दाबी गरेको ठाकुरलाई उधृत गर्दै पार्टीका महामन्त्री जितेन्द्र सोनलले हुलाकी न्यूजलाई बताए ।
सोनलका अनुसार ठाकुरले सहिद परिवारहरुको सम्मान गर्दै सरकारले गरेको दमनको विरोध गरे । सहिद परिवारलाई न्याय दिलाउने ठाकुरले वाचा गरे ।



