
हुलाकी न्यूज, बीरगञ्ज ४ फागुन । बन्द अवधिभरीको जरिवाना नलिन माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यातायात कार्यालय पर्सा अगाडि धर्ना दिएको छ ।
मोर्चाका नेता प्रदिप यादवका अनुसार बन्द अवधिभरीमा कार्यालय नखुलेको र सर्वसाधारणहरु कार्यालय पुग्न नसकेकोले जरिवाना लिनु अन्याय हुने बताए ।
यादवले जरिवाना लिने काम नरोकिएसम्म धर्ना जारी रहने बताए ।



