12717767_842675645842570_3318634177387926619_n
हुलाकी न्यूज, बीरगंज , ३ फागुन । मधेस आन्दोलनका कारण बन्द अवधिको जरिवाना नलिन नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले ज्ञापन पत्र बुझाएको छ ।

बिगत ६ महिना देखि जारी मधेस आन्दोलन २०७२ को क्रममा बन्द हड्ताल र नाकाबन्दीले यस भेगमा बसोबास गर्ने आम नागरिकहरुको जनजिवन निकै नै कष्टपुर्ण हुनुको साथै आर्थिक अवस्था निकै नै दयनिय भएको हुनाले बन्द अवधिको जरिवाना नलिन यातायात कार्यालयमा गठबन्धन पर्सा संयोजक इश्वर यादवको नेतृत्वमा गएको टोलीले कार्यालय प्रमुख राजेन्द्र प्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाएको थियो ।

जारी मधेस आन्दोलन कुनै जाती, धर्म र समुदाय बिरुद्धको नभई तराई मधेसमा बसोवास गर्ने सम्पुर्णको अधिकार र पहिचानको लागि हो भन्दै आन्दोलनमा हरेक जातजाती,धर्म र समुदायको व्यक्तिहरुले आ आफनो तरिकाले एक्यवद्धता जनाउनुको साथै मधेसका मागहरु पुरा गर्न सरकार एवं प्रमुख दलहरुलाई युवा गठबन्धनले दवाव दिदै आएको छ ।

सोही अनुरुप आन्दोलन अवधि भरि आर्थीक अवस्था निकै नै कष्टपुर्ण भएको कुरालाई मध्य नजर गर्दै यातायात कार्यालयलाई बन्द अवधि भरिको जरिवाना नलिन गठबन्धनका टोलीले कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको थियो । साथै आम जनभावनाको कदर नगरिए कडा कदम चाल्ने बाध्यात्मक अवस्था सृजना नहोस भनी चेतावनी समेत दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.