
हुलाकी न्यूज, जनकपुर, ३ फागुन । प्रहरीले जनकपुरको विश्वकर्मा चोकबाट हतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई हतियार सहित पक्राउ गरेको हो ।
प्रहरी चेकजाँचको क्रममा उनीहरुबाट एक आधुनिक पेस्तोल र दुई नलकटुवा पेस्तोल तथा तीन राउण्ड गोली बरामद गरिएको थियो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषाका एसपी रामदत्त जोशीले बताए ।
उनीहरुमाथि थप अनुसन्धान गरेर आजै सार्वजानिक गर्ने तयारी रहेको एसपी जोशीले जानकारी दिए ।



