
रंजन भण्डारी, जलेश्वर ३ फागुन । महोत्तरीको भटौलिया गाविसका दुईसय दलितहरुलाई आइतबार कम्बल वितरण गरिएको छ ।
सुन्दर अभियानी महेश कुमार यादवको प्रयासमा काठमाडौस्थित सहायता नेपाल संस्थाको सहयोगमा कम्बल वितरण गरेका हुन् ।
शितलहर प्रभावितलाई कम्बल दिईने निर्णय रहेकोमा ढिलो भएपनि स्थानीय वृद्ध, वृद्धा तथा विपन्नहरुलाई राहत स्वरुप कम्बल दिदा तिनीहरुको मुखमा देखिएको खुसीले आफुहरुलाई भविष्यमा समेत यस्ता कार्य गरिरहन प्रेरित गरिराख्न सुन्दर अभियानीहरु तथा सहायता नेपाल बताउँछन् ।
सोहि गाविसका अध्यक्ष एवं सचिव असर्फी साहको प्रमुख आतिथ्य, स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयका पुर्व व्यवस्थापन समित अध्यक्ष तथा सुन्दर अभियानी महेश यादवको अध्यक्षता तथा पत्रकार एवं सुन्दर अभियानी मनोज झा मुक्तीको उदघोषण तथा स्थानीय वुद्धिजिवीहरुको विशेष उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।



