
हुलाकी न्यूज, काठमाडौं ३ फागुन । नेपालमै पहिलो पटक म्यानेजमेन्ट अध्ययन सम्बन्धी सुचना दिने संस्था सञ्चालनमा आएको छ । नयाँ युवाहरुको समूहले उक्त सुचना सेन्टरको स्थापना गरेका छन् ।
म्यानेजमेन्ट इन्फरमेशन शेयङ्गि सेन्टर प्रा.ली.(एमआईएस) इन्फरमेशन शेयङ्गि सेन्टरको रुपमा मुलूककै पहिलो संस्था रहेको सञ्चालकहरुको दाबी रहेको छ । जसले म्यानेजमेन्ट शिक्षा सम्बधित र बिकासको निम्ति सम्पूर्ण कुराहरुको जानकारी दिदैछ ।
साथै ब्यक्तित्वको बिकास वा संगठनको बिकासका निम्ति उचित ब्यवस्थापनको लागि सभा–समेलन, सेमिनार, तथा गोस्टि जस्ता अन्य कार्यक्रमहरु सञ्चालन गर्दैछ ।
एमआईएसले सल्लाह–सुझाव र सेवाहरु नि–शुल्क वा न्यून शुल्क लिई देशको बिकाशमा भुमिका निर्बाह गर्ने एमआईएसका भुपेन्द्र साहले हुलाकी न्यूजलाई बताए ।
एमआईएस सेन्टरले म्यानेजमेन्ट शिक्षाको लागि निःशुल्क विचार, घटना अध्ययन, म्यागजीन, जर्नल र अनलाईन सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । एमआईएसका सेवाहरु सोशल मिडियामार्फत पनि लिन पाउने साहले बताए ।
फेसबुकमा www.facebook.com/mis.com.np टवीटरमा MIS Center (@misc143) मार्फत सुचनाहरु लिन पाइनेछ ।



