Upendra-yadav-honkong

हुलाकी न्यूज, हङकङ ३ फागुन । चीन र हङकङ भ्रमणमा रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आइतबार हङकङमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

हङकङमा रहेका सयौं आदिवासी जनजाति अभियन्ताहरु सहभागी उक्त कार्यक्रममा यादवको भव्य स्वागत गरिएको थियो ।

नेपालका प्रथम शहीद लखन थापा मगरको एक सय ३९औ स्मृति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले हङकङले आयोजना गरेको अन्तक्र्रियामा यादवसहितको टोली पुगेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै यादवले हिमाल–पहाड र मधेशमा एकैसाथ आन्दोलन उठ्ने बताएका छन् ।

यादवले आदिवासी जनजातिलाई मधेशी समुदायसँग मिलेर सरकार विरुद्धको लडाइँमा सँगै मैदानमा उत्रिन आह्वानसमेत गरेका छन् ।

‘मधेशी र जनजाति समुदायको उत्पीडिन, समस्या, दुःख र माग उस्ता उस्तै छन्’,– मिलेर संघर्षमा उत्रिने बेला आइसकेको भन्दै अध्यक्ष यादवले भने, ‘विभेद र उत्पीडन विरुद्धको जारी संघर्षमा दुवै समुदाय मिल्नै पर्छ ।’ अबको आन्दोलन हिमाल, पहाड र मधेशबाट एकसाथ उठ्ने दाबी गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने, ‘पहिचान र अधिकार प्राप्तिको त्यो आन्दोलनले सरकारलाई घुडा टेकाउँछ, ढुक्क हुनुस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.