Matrika-yadav-jp-gupta-manoj-mukti

रंजन भण्डारी, जलेश्वर ३ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा विस्तार हुँदा मोर्चामा समावेश नगरिएका संगठनहरुबीच मोर्चाबन्दी हुँदैछ ।

मातृका यादव नेतृत्वको राष्ट्रिय आन्दोलन संघर्ष समिति र जेपी गुप्ता नेतृत्वको तराई–मधेश राष्ट्रिय अभियानलाई मधेशी मोर्चामा समावेश गरिएको थिएन ।

यी दुई संगठन र अर्को सशस्त्र राजनीति स्थगन गरेर वार्तामा सहभागी रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच मोर्चाबन्दी हुन लागेको छ ।

जनतान्त्रिकका अध्यक्ष डा.मनोज मुक्ति ‘विवेक’ले मोर्चाबन्दीका लागि छलफल अन्तिम चरनमा रहेको र केही दिनमै घोषणा हुने बताएका छन् ।

हुलाकी न्यूजसँगको कुराकानीमा मुक्तिले आन्दोलनको सफलताका लागि मोर्चाबन्दी आवश्यक रहेको दाबी गरे । सडकको शक्तिलाई वैकल्पिक शक्तिमा रुपान्तरण गरि क्रान्तिकारी शक्ति एकीकरण गर्न लागेको भन्दै उनले आफुहरुको आन्दोलनले जारी आन्दोलनलाई परिणाममुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.