
हुलाकी न्यूज, जनकपुरधाम २ फागुन । एक महिनासम्म चल्ने धनुषाधामको मकर मेला आइतबार सकिएको छ । माघ शक्रान्तिका दिनबाट सुरु हुने मेला प्रत्येक आइतबार लाग्ने गरेको छ ।
यस पटकको अन्तिम मकर फागुनमा परेको छ । आइतबारको अन्मि मेलासँगै यस वर्षको मेला सकिएको छ ।
मकर मेलामा हिन्दु धर्माम्बली मात्रै नभएर इस्लामिक धर्माम्बलीहरुको पनि उतिकै उपस्थिति रहेको थियो ।
मेलामा इस्लमिक पुस्तक प्रर्दर्शनी गरिएको थियो । एक महिनासम्मको मेलामा नद्वतुशशबाब अल इस्लामी तथा फ्रेंडस अफ नेपालको आयोजनामा पुस्तक पर्दर्शनी गरिएको थियो ।
उक्त पर्दर्शनीका सन्योजक जैनुद्दिन मियाँको अनुसार करिब १५०० पुस्तक पुस्तिका सशुल्क र निशुल्क बितरण भएको छ । इस्लाम प्रतिको भ्रम निवारन र कुरआन सम्पूर्ण मानवको निमित्त एक आपस्मा भाइचारा रहोस भन्ने उद्देश्यले पुस्तक पर्दर्शनीको आयोजना गरिएको थियो ।
नदवतुशशबाबका अनुसार इस्लमका पुस्तक मेलामा पहिलो पटक प्रदर्शन भउको छ ।



