fire
हुलाकी न्यूज, विरगञ्ज, २ फागुन ।  पर्साको रामनगरी गाविस वडा नं. ६ मा एक घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको छ । रामनगरीका नागेन्द्र गिरीको घरमा विद्युत सर्ट भएर आगो लागेपछि नजिकै घर भएका रामबाबु गिरी, जोखन सहनी र नागेन्द्र गिरीको घर पनि जलेको छ ।

आगलागीमा तीनै घरमा रहेका धनमाल, गरगहना, लताकपडा र काठको फर्निचर लगायतका घरायसी सरसामान जलेर नष्ट भएको बताइएको छ । आगलागीवाट ७ लाख पचास हजार बराबरको क्षती भएको प्रहरी चौकी महुवनका प्रसनी विरेन्द्र साहले बताए ।

शनीबार राति साँढे एक बजेतिर लागेको आगोलाई सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प बहुअरवा भाटा, प्रहरी चौकी महुवन, स्थानियवासी र वीरगन्जवाट गएको बारुण यन्त्रको सहयोगवाट आइतबार बिहान ४ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.