
हुलाकी न्यूज, भैरहवा १ फागुन । स्वतन्त्र मधेश गठबन्धनको गाउँ केन्द्रीत कार्यक्रमहरु तीब्ररुपमा हुन थालेका छन् । रुपन्देही जिल्लासहित आसपासका जिल्लाहरुमा कार्यक्रम तीब्ररुपले भइरहेको छ ।
रुपन्देहीमा मात्र एक दर्जनभन्दा अधिक गाउँमा प्रशिक्षण जारी रहेको छ भने गाउँ सभाहरु तीब्ररुपमा भइरहेको छ ।
शुक्रबार रुपन्देहीको मर्चवारमा प्रशिक्षण कार्यक्रम तीब्ररुपमा भइरहेको जानकारी स्थानीय नेताहरुले दिएका छन् ।
त्यस्तै शनिबार रुपन्देहीकै सुर्यपुर, कचकचहवामा कार्यक्रम भएको छ । कार्यक्रमबाट मधेशीहरुमा जागरण जगाइएको जिल्ला संयोजक भोपेन्द्र यादवले बताए ।
चन्द्रिका सहनीको संयोजन तथा लिला पालको सञ्चालनमा भएको उक्त कार्यक्रममा चन्देश्वर सोना, ओम सहनी, डाक्टर सहनी, दिलिप यादव र प्रतिक्षा चौधरीलगायतले कार्यक्रममा मनतव्य राखेका थिए ।




