
रंजन भण्डारी, जलेश्वर १ फागुन । महोत्तरीका गामघर सफा राख्न कुडादानी अर्थात डस्टविन वितरण गरिएको छ । जिल्लाको दुई गाविसमा कुडादानी वितरण गरिएको हो ।
स्वच्छ, सफा र स्वस्थ्य समाज, गाउ, नगर र देश बनाउने अभियान अन्तर्गत शुक्रवार सो वितरण गरिएको हो । सपोर्ट नेसनल कमिसन फर नेपालको सहयोग र नव परिवर्तन नेपाल नामक संस्थाको आयोजनामा धिरापुर र पिगौना गाविसमा १२० थान कुडादानी वितरण गरिएको हो ।
जताततै फोहोर मैला हुँदा गाँउ नगर दुर्गन्धित हुनुका साथै स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकोले संस्था मार्फत गरिएको कुडादानी वितरण तथा फोहोरमैला जथाभावी फाल्नाले पर्ने नकारात्मक असरवारे जानकारी पाउदा आफुहरुमा सो वारे चेतना आएको र अव उप्रान्त फोहोर मैला कुडादानमै र स्वच्छ,सुन्दर र स्वस्थ्य समाजको निर्माणमा सहयोग पुर्याउने स्थानियहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोही अवसरमा दुवै गाविसमा सुधारिएको चुल्हो वारे प्रशिक्षण समेत दिईएको थियो । फाईल फोटो



