Rauthat-sahikh-tabarej
Shaikh tabarej gaur

हुलाकी न्यूज, गौर १ फागुन । रौतहट तेजापाकड आठका ६५ वर्षीय सेख नरुल हसन आफ्नो नाती मारिएको वियोगमा अहिले पनि छन् ।

उनी स्थानीय प्रहरी–प्रशासन विरुद्ध मुद्दा दायर गराउन बारम्बार दौडे पनि मुद्दा दायर नभएपछि हुलाकमार्फत पठाइएको छ ।

हसन मधेश आन्दोलनका सहिद मोहम्मद सम्स तवरेजका हजुरबुबा हुन् । तबरेजलाई मधेश आन्दोलनको क्रममा पुस पाँच गते प्रहरीले गौरमा नियन्त्रणमा लिएर हत्या गरेको आरोप लाग्दै आएको छ ।

हत्या बारे तबरेजका हजुरबुबा हसन भन्छन्,‘मेरो नाती तवरेज गौरस्थित वि.पी. चोकमा भइरहेको बिद्यार्थी अन्दोलनमा सहभागि हुन गएको थियो । दिंउसो करिव ३ः०० बजेको समयमा केही आन्दोलनकारीहरु प्रहरीमाथि ढुंगा फाल्दै थिएभने सोही ढुंगा टिपेर प्रहरीहरुले आन्दोलनकारी तर्फ फाल्दै थिए । जिल्ला प्रहरी कार्यालय गेटदेखी करिब १५० फिट पश्चिम फ्रेश चिकेन हाउसको सामुन्ने मेरो नाती आफ्ना साथीहरुलाई समझाई बुझाई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको गेट अगाडी नेपाल प्रहरीका करिव ९ जनाको संख्यामा उभिएका प्रहरीले ताकेर गोली चलाउँदा तबरेजको दाँया कोखमा लागी भुईमा ढलेको थियो । त्यसपछि आन्दोलनमा रहेका विद्यार्थीहरुले उनलाई उठाएर अस्पताल लैजाने क्रममा प्रहरीले पछाडीबाट लखेट्दै (मुख्य सडक देखि चन्द्रेश्वर राउतको घर जाने गल्लीमा) मुख्य सडकदेखि करिब ५० फिट दक्षिणतर्पm पुग्ने वित्तिकै ९ जनाको समुहमा रहेको नेपाल प्रहरीका प्रहरीले विद्यार्थीहरुलाई कुटपिट गरी मेरो नातिलाई नियन्त्रणमा लिई गोली लागेर गम्भीर घाइते भएको अवस्थामा अस्पताल पुर्याउनुको सट्टा भुईमा पल्टाई लाठी, वुट, लात र वन्दुकको कुन्दावाट करिव २० मिनेट सम्म छाति, टाउको, पिठीउ, पेटलागयत शरिरका विभिन्न ठाँउमा कुटपिट गरी हत्या ग¥यो ।’

अहिले नातीको हत्याराहरुको विरुद्ध हसन लागि परेका छन् । उनले तराई मावन अधिकार रक्षक सञ्जालको सहयोगमा स्थानीय प्रशासन विरुद्ध हुलाकमार्फत मुद्दा दर्ता गराएको मानव अधिकारकर्मी शैलेन्द्र हरिजनले हुलाकी न्यूजलाई बताएका छन् ।

 

Rauthat-protest

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.