
अमरेन्द्र कुमार यादव, बर्दिवास २९ माघ । एमाओवादी निकट क्रान्तिकारी पत्रकार संघले प्रादेशिक संरचना विस्तार गर्दैछ । जसअन्तरगत २ नम्बर प्रदेशको संयोजकमा हिरालाल चौधरी चयन भएका छन् ।
महोत्तरीको बर्दिबासमा शुक्रबार भएको संघको २ नम्बर प्रादेशिक भेलाले चौधरीको संयोजकत्वमा संघको २५ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरेको हो । भेलाले समितिको सहसंयोजकमा जनार्दन पोखरेल, शैलेन्द्र महतो र कृष्ण उदास खनाललाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा निरज पिठाकोठी, महेश्वर अधिकारी, मनोज तिमल्सिना, भक्ति रिजाल, दिपेन्द्र सिंह, आशिष विश्वकर्मा, राजु विश्वकर्मा, सुनिता महतो, मोनिका खतिवडा, सुनिता बराल, महेन्द्र मण्डल, नेहा झा, श्यामसुन्दर यादब, शैलेन्द्र झा, प्रकाश योञ्जन, रामएकबाल महरा, देवकुमार यादब, अजय यादब वियोगी, विन्दु यादब लगायत चयन भएका छन् ।
एकीकृत नेकपा माओवादीका केन्द्रीय सचिब एवं शिक्षा मन्त्री गिरीराजमणि पोखरेलको प्रमुख आतिथ्यमा भएको भेलामा सिंचाईमन्त्री उमेशकुमार यादब, नेपाल पत्रकार महासंघका पूर्व महासचिब ओम शर्मा, क्रान्तिकारी पत्रकार संघका एनके दहाल, पत्रकार महासंघ महोत्तरीका अध्यक्ष ईश्वरी पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।



