Masal-julus-Nepalgunj
आशिष गुप्ता, नेपालगञ्ज २९ माघ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पूर्वघोषित कार्यक्रम अनुसार नेपालगञ्जमा भएको मसाल जुलुस प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रहरीले नेपालगञ्जको कमल मधेशी चौकमा मसाल खोस्ने प्रयास गरेपछि झडप भएको हो । झडपमा कोही गम्भीर घाइते नभएको मोर्चाका नेताहरुले बताएका छन् ।

बिगत ६ महिनदेखि शान्तिपुर्ण रुपमा बाजर बन्द तथा राजमार्ग केन्द्रित आन्दोलन गर्दा पनि प्रहरी प्रशासनले आन्दोलन बिथोल्नुका साथै दमन गर्ने लगायतका कार्य दिन प्रति दिन बढ्दै गईरहेकोले अब आन्दोलनले उग्ररुप लिने मोर्चाका नेताहरुले जनाएका छन् ।
मधेशी मोर्चोको आन्दोलनलाई बिफल गर्न बाँकेको प्रहरी प्रशासनले चौक चौकमा ब्यापक रुपमा प्रहरीहरु परिचालन गरेको मोर्चाले आरोप लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.