
हुलाकी न्यूज, काठमाडौं २९ माघ । शुक्रबार साँझ काठमाडौंमा मधेशी मोर्चा विस्ता भएसँगै मधेशका जिल्लाहरुमा सर्वसाधारणहरु उत्साहित भएका छन् ।
केही दिनदेखि शिथिल देखिएको मधेश आन्दोलन पुनः चर्किने सम्भावना बढ्दै गएको छ । शुक्रबार साँझ मधेशी मोर्चाको घोषित कार्यक्रम अनुसार मसाल जुलुसमा उल्लेखीय सहभागीता रहेको थियो ।
मधेशका सम्पूर्ण जिल्लाहरुमा भएको मसाल जुलुस प्रदर्शनमा पहिलोको भन्दा बढी मधेशीहरु सहभागी भएका छन् ।
काठमाडौंमा मोर्चा विस्तार हुनुभन्दा अगावै मोर्चा र गठबन्धनका कार्यकर्ताहरुले कयौं जिल्लामा संयुक्त रुपमा मसाल जुलुस प्रदर्शन गर्ने तयारी गरेको हुलाकी संवाददाताहरुले जनाएका छन् ।
शुक्रबार साँझको मसाल जुलुसमा मधेशीहरु उत्साहित भएर सहभागी भएको संवाददाताहरुले जनाएका छन् । मोर्चाका विस्तारलाई मधेशका विभिन्न पक्षले सकारात्मक भन्दै स्वागत गरेका छन् भने मधेशीहरुमा नयाँ उत्साह थपिएको देखिन्छ ।






