
हुलाकी न्यूज, काठमाडौं २९ माघ । मधेशमा ‘महागठन्धन’ बनाउने भनिएपनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई नै विस्तार गरिएको छ ।
अव मोर्चामा सात वटा मधेशवादी संसदीय पार्टीहरु हुनेछन् । शुक्रबार मधेशी मोर्चा र मधेशी गठबन्धनका घटकहरुको बैठकले मोर्चा विस्तारलाई गरेको हो ।
मोर्चा विस्तार पछि भएको पत्रकार सम्मेलनमा तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शक्ति आर्जन भएको भन्दै अव निर्णायक आन्दोलनमा जाने बताए ।
बैठक पछि मोर्चाका नेताहरुले केही दिनमा आन्दोलनका नयाँ खाका आउने बताएका छन् ।
अव मोर्चामा संघीय समाजवादी फोरम नेपाल, तराई–मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, तराई–मधेश सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सदभावना पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक रहेका छन् ।




धेरै राम्रो , एकल जातीय पहाडे आर्य खसहरुको सामन्ति राज्यसत्तालाई ध्वस्त बनाउन जरुरी छ ।