
हुलाकी न्यूज, काठमाडौं २९ माघ । अमेरिकामा रहेका मधेशीहरुको छाता संगठन एशोसिएशन आफ तराईएन इन अमेरिका(एन्टा)ले हरेक वर्ष झै यस वर्ष पनि पाँच जना मधेशी विद्यार्थीलाई छात्रबृत्ती प्रदान गरेको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एन्टाले छात्रबृती बापतको रकम उपलब्ध गराएको हो ।
एसएलसी परीक्षा–२०७२ मा उत्कृष्ट अंक ल्याएका चार छात्रा र एक छात्रलाई छात्रवृत्तिको प्रमाणपत्रसहित नगद वितरण गरेको हो ।
मोहन उच्च माध्यमिक विद्यालय मिर्चैया (सिरहा) की पुजा साहलाई प्रमाणपत्रसहित नगद रु. ४० हजार, त्यसैगरी मोहन उच्च माध्यमिक विद्यालयकै अनिता साह, सरस्वती माध्यमिक विद्यालय, जनकपुरधाम (धनुषा) की रंजीता मण्डल, त्रिभुवन आदर्श उच्च माध्यमिक विद्यालय बिन्ही (धनुषा) की तकवीरा फरहीन र आदर्श उच्च माध्यमिक विद्यालय लम्ही (कैलाली) का हरिलाल चौधरीलाई जनही २५ हजारको दरले छात्रवृत्ति प्रमाणपत्र वितरण गरिएको हो ।
वितरण कार्यक्रमको संयोजन सर्लाही सोसल वेलफेयर फाउन्डेसनले गरेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि थिए पूर्वमन्त्री तथा पूर्वशिक्षा सचिव विद्याधर मल्लिक ।



