morcha-birgunj
हुलाकी न्यूज, वीरगन्ज, २९ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले इन्धन र ग्यास आपुर्ति सहज गर्न माग गरेको छ । मोर्चाले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै इन्धन र ग्यासमा बढेको कालोवाजारी रोक्न माग गरेको हो ।

मुलुकमा मधेसी र उत्पीडित जनजातीसँग गरिएको विभेदको बिरोधमा लगभग ६ महिना देखि आन्दोनल भइरहेको भएपनि राज्यको नितीमा कुनै परिवर्तन नभएको कुरा वर्तमान अवस्थाले प्रमाणित गरेको मोर्चाले आरोप पनि लगाएको छ ।

नाकाबन्दी खुलेको एकहप्ता भएपनि मधेशका जनताहरुले सहजरुपमा ग्यास र इन्धन नपाएकोप्रति आफुहरुको घोरविरोध रहेको मोर्चामा रहेका चारै दलका स्थानिय नेताहरुले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव,तमलोपाका पर्सा अध्यक्ष पुरुषोत्तमलाल झा, सद्भावनाका पर्सा अध्यक्ष इमदाद गदी र तराइ मधेस सदभावना पार्टीका प्रेमचन्द्र कुशवाहाले दिएको प्रेस विज्ञप्तीमा बीरगन्ज नाकाबाट ग्यास र इन्धन निर्वाध रुपमा भित्रीए पनि मधेसी जनताले पाउनु पर्ने इन्धन तथा ग्यास काठमान्डौ गइरेहेकोले त्यसलाइ अविलम्ब रोकी मधेसको जनताको जनजिवन सहज बनाउन माग गरिएको छ ।
मधेसीले ग्यास र इन्धन सहजरुपमा नपाए आफुहरुले पुनः नाकाबन्दी गर्ने चेतावनी समेत मोर्चाले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.