
हुलाकी न्यूज, कलैया २९ माघ । स्वतन्त्र मधेश गठबन्धनका २ जना कार्यकर्तालाई जिल्ला अदालत बाराले सफाई दिएको छ ।
प्रहरीले उनीहरुमाथि हाततियार सम्बन्धी मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालतले प्रहरीले दायर गरेको मुद्दामा कुनै प्रमाण नभेटिएकोले सफाई दिएको हो ।
सफाई पाउनेहरुमा सदाम हुसेन र ब्रजेश सिंह रहेका छन् ।
उनीहरुलाई बारा जिल्लाको महागढी माई नगरपालिका बरियारपुर १ स्थित धर्मशाला स्वतन्त्र मधेश गठबन्धनको कार्यक्रम गरिरहेको अवस्थामा मंसिर ८ गते पक्राउ गरिएको थियो ।
पक्राउ परेकाहरुमाथि प्रहरीले झुठा मुद्दा दायर गरेको बार एशोसिएशन बाराले गरेको अनुगमनबाट देखिएको थियो ।
फाईल : फोटो



