Madhesh-armed-groups

हुलाकी न्यूज, काठमाडौं २९ माघ । मधेशमा जारी आन्दोलनलाई मधेशवादी पार्टीहरुले विर्सजन गरेको भन्दै वार्तारत सशस्त्र समूहहरु पुनः हतियार उठाउने तयारीमा छन् ।

जनतान्त्रिक तराई मुक्ति मोर्चाको आगामी साता बस्ने केन्द्रीय समितिबाट हतियार उठाउने निर्णय हुन सक्ने मोर्चाका अध्यक्ष डा.मनोज मुक्ति‘विवेक’ले हुलाकी न्यूजलाई बताएका छन् ।

डा.मुक्तिका अनुसार मधेशवादी पार्टीहरुले मधेशी जनतालाई आन्दोलनमा हत्या गराएको र विनानिष्कर्ष आन्दोलन तुहाएकोले अवको विकल्प सशस्त्र संघर्ष हुन सक्नेछ ।

मुक्तिले अहिले नै हतियार उठाउने निर्णय नभईसकेको र आगामी केन्द्रीय समिति बैठकबाट हुने बताए ।

यता विहीबार जनतान्त्रिक तराई मुक्ति मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा मधेशवादी दलका नेताहरुलाई खबरदारी पनि गरिएको छ ।

पछिल्लो महिनादेखि मधेशका जिल्लाहरुमा केही सशस्त्र समूहहरु पनि सक्रिय हुन थालेका छन् । कभर : फाईल फोटो

Jantantrik-terai-mukti-morcha

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.