Rajendra-mahato

राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी

० ‘सबै नाका बन्द गर्नुप¥यो कि सबै नाका खोल्नु प¥यो’ भन्ने अभिव्यक्ति दिएकै भोलिपल्ट वीरगञ्ज नाका खुल्यो । यो घटनाक्रमलाई लिएर तपाईंले नै आन्दोलन तुहाइदिनुभयो भन्ने आरोप छ नि ?

— म यो कुरा बोल्नुभन्दा धेरै पहिलादेखि उपेन्द्र यादवजीले मोर्चाको निर्णय बिना अब काठमाडौंकेन्द्रित आन्दोलन गर्नुपर्छ भनेर भन्दै आउनुभएको थियो । त्यसपछि महेन्द्रराय यादवजीले अबको मोर्चाको बैठकले नाका खोल्छ भनेर अभिव्यक्ति दिनुभयो । ठाकुर जीको अभिव्यक्ति पनि त्यस्तै आउने ग¥यो । यसप्रकार विभिन्न नेताहरूले आफूले बन्द गर्नुपर्ने नाका बन्द गरेनन् । सोही क्रममा बिहीवार मैले पनि बन्द गर्ने भए सबै बन्द गरौं होइन भने वीरगञ्ज पनि खोलौं भन्ने प्रस्ताव सार्वजनिक रूपमै भने । मैले भोलिको बैठकमा यो प्रस्ताव लैजान्छु भनेको थिएँ । तर, भोलिपल्ट स्थानीयवासीले नाका खोले । मैले एकदिन पहिले भने भोलिपल्ट जनताले नाका खोलाए । नाका खोल्ने विषयमा मोर्चाभित्र छलफल चलिरहेकै बेला यो कार्यान्वयन भयो । मोर्चाले पनि त्यही दिन बैठक बसेर निर्णय गर्नुपर्ने थियो । त्यो चाहीं गर्न सकेन ।

० तपाईंले अभिव्यक्ति दिनु र नाका खुल्नु संयोग मात्रै हो त ?

— त्यो संयोग नै हो नि ।

० मधेशी मोर्चाको निर्णयबिना तपाईंले त्यसरी अभिव्यक्ति दिनु हुँदैन थियो भनेर मोर्चाका अन्य घटकले असन्तुष्टि जनाइरहेका छन् नि ?

— मोर्चाको एउटा घटकका रूपमा प्रस्ताव त राख्न मिल्छ नि । बैठकमा प्रस्ताव लैजान मिल्छ नि त । यो लोकतान्त्रिक मान्यता हो । मैले प्रस्ताव लैजान्छु भनेको हुँ । अरू नेताहरूले त नाका खुल्छ भन्दै आएका थिए । जुन जनताले नाका बन्द गरेका थिए । त्यही जनताले हामीले भनेकै भोलिपल्ट नाका खोलिदिएपछि धन्यवाद दिए पनि हुन्थ्यो नि । त्यो त्यस्तो गरिएन । कुरा के हो भने, राजेन्द्र महतोलाई कसरी गाली गर्ने त्यतातर्फ मोर्चाका अन्य घटकको ध्यान गयो ।

अब महतोले बोल्यो, त्यसपछि नाका खुल्यो भनेर दोष दिइहाल्नुपर्छ भनेर दूषित मानसिकताबाट आरोप लगाउने काम गरिएको छ । नाकाकेन्द्रित आन्दोलनप्रति कसले घात ग¥यो त । राजेन्द्र महतोले नाकाकेन्द्रित आन्दोलनलाई घात ग¥यो कि अरू साथीहरूले गरे । राजेन्द्र महतो नाका बन्द गरी बसेकै थियो । अरूले आफ्नो जिम्मवारी अनुसारका नाका बन्द गरेको भए, वीरगञ्ज नाका पनि खोल्नुपर्ने अवस्था आउने थिएन नि । र, सरकारलाई पूरा दबाब पथ्र्यो । मधेशीको माग पूरा हुन्थ्यो । माग पूरा नहुनुको एउटा मात्रै कारण हो, वीरगञ्ज नाका पूरै ठप्प रह्यो, तर अरू नाका ठप्प हुन सकेनन् । त्यहाँ बेइमानी भयो । आ–आफ्नो जिम्मा परेको नाका बन्द नगरी धोका भएकै हो । मैले त काठमाडौं बसेर आन्दोलन गरेको होइन नि । म त जनताका बीचमा बसेर आन्दोलन गरेको हुँ नि ।

पाँच महिनासम्म जनताका बीच बसेर आन्दोलन गर्नेलाई यसरी आरोप लगाउनुअघि सोच्नु पर्दथ्यो । साथीहरूले बिचार गरेनन् । हुँदाहुँदा आन्दोलनका सबै जस राजेन्द्र महतोले लिए भनेर पनि भन्ने काम गरियो । आन्दोलनमा तपाईं काम गर्नुस् न तपाईंलाई पनि जनताले जस दिन्थ्यो नि त । किन काम गर्नु भएन । किन काठमाडौंमा बस्नु भयो । जस र अपजस दिने त जनताले हुन् नि त । मलाई पनि जस र अपजस दिने जनताले नै हुन् । कोठामा बसेर निर्देशन दिएर केही हुनेबाला छैन । सबै कुराको मूल्याङ्कन जनताले गरेका छन् । मेचीदेखि महाकालीसम्म यो आन्दोलनमा कुन नेताले कतिको जिम्मेवारी पालना गरेका छन्, यो कुरा जनतालाई राम्ररी थाहा छ । क–कसले आन्दोलनप्रति गद्दारी गरे भन्ने कुरा जनतालाई थाहा छ ।

० आन्दोलनका मुख्य कार्यक्रम स्थगित भएपछि मधेश आन्दोलन नै तुहियो भनेर पनि भन्न थालिएको छ नि ?

— मधेश विरोधी व्यक्तिहरूले तुहिएको भनेर भ्रम फैलाइरहेका छन् । आन्दोलन स्थगित पनि होइन नि । आन्दोलन त जारी नै छ । स्वरूप मात्र फेरिएको हो । सबै नाका बन्द भएको भए स्वरूप फेर्नुपर्ने आवश्यकता नै थिएन । विराटनगर र भैरहवा नाकासमेत बन्द भएको भए स्वरूप परिवर्तन गर्नुपर्ने जरूरी नै हुने थिएन । जनताको माग पूरा भइसक्थ्यो । तर सबै नाका बन्द नभएको कारण हामीले स्वरूप परिवर्तन गर्नु प¥यो ।

० पछिल्लो ६ महिनादेखि आन्दोलनमा रहेका जनता अन्यौलमा छन् । अब के हुन्छ ?

— शान्तिपूर्ण आन्दोलन अलि लामै हुन्छ । हाम्रो शान्तिपूर्ण आन्दोलन पनि लामो भएको छ । यो आन्दोलन अझ् केही दिन जान्छ । शान्तिपूर्ण आन्दोलनबाट दबाब बनाएर माग पूरा गराउन कठिन नै हो । अन्तिम धक्का बाँकी नै छ ।

० आन्दोलनका मुख्य कार्यक्रम नै रोकिएको अवस्थामा अब सरकारलाई कसरी धक्का दिनुहुन्छ त ?

— शक्ति संचयका लागि स्वरूप परिवर्तन गरिएको हो । यसबीचमा हामीले शक्ति संचय गर्नुपर्छ । आन्दोलनका अरू कार्यक्रम त अहिले पनि जारी नै छ नि । यसबीचमा आन्दोलनरत अरू दल तथा संगठनहरूलाई पनि एकताबद्ध गर्नुपर्नेछ । सबैलाई एकताबद्ध बनाएर महागठबन्धन बनाउनु आवश्यक छ ।

० मधेशी मोर्चाभित्रै विवाद भइरहेका बेला महागठबन्धन चाहीं कसरी बन्छ त ?

— मोर्चाबीच विवाद भइरहन्छ । केही विवाद छैन । यस्ता स–साना कुराहरू भइरहन्छन् । यो कुनै विवाद होइन । कसैको ‘हाइट’ बढ्यो भनेर कसैले चिन्ता लिनुपर्ने आवश्यकता छैन । विवाद गरेर केही हुँदैन । मोर्चाभित्र काम गर्नुप¥यो । जनताको बीचमा पुगेर काम गर्नुप¥यो । इस्र्या गर्नु भएन । छटपटाउनु पनि भएन । काठमाडौंैमा मात्र बसेर त आन्दोलन हुँदैन ।

० त्यसो भए, मधेशी जनता निराश हुनुपर्ने आवश्यकता छैन होइन ?

— कुनै जरूरी छैन । कसैले धोका दिए पनि आन्दोलन त रोकिँदैन । आन्दोलन अगाडि बढ्छ । आफ्नो कमीकमजोरी लुकाउन केहीले मोर्चाभित्र विवाद गरेका छन् । त्यसलाई अन्यथा लिनुपर्दैन ।

० करिब ६ महिनाको आन्दोलनबाट मधेशी जनताले के पाए त ?

— होइन । आन्दोलन जारी नै छ त । आन्दोलन जारी रहेकै अवस्थामा बीचैमा उपलब्धि कसरी हुन्छ । आन्दोलनको उपलब्धि भनेको सम्पूर्ण मधेशमा चेतना जागृत भएको छ । यो वारपारको संघर्ष हो । अर्थात् संघर्ष लामो भए पनि, स्वरूप परिवर्तन गरेर भए पनि आन्दोलन रोकिनु हुन्न । चैत महिनादेखि आन्दोलन अझ् कडाइका साथ अगाडि बढ्छ । त्यसैले मधेशी जनता निराश हुनुपर्ने आवश्यकता छैन । हामी पराजित भएका होइनौं ।

० मोर्चाका नेताहरूबीच जुँगाको लडाईं र महागठबन्धन बन्न नसक्नाले पनि आन्दोलनले अझै मूर्त रूप लिन नसकेको भनिन्छ नि ?

— मिलेर काम गर्न सकिएको भए राम्रो हुन्थ्यो । यसका लागि प्रयास गरिरहेका छौं । एउटा गठबन्धन बनाएर अन्तिम लडाईं लड्नुपर्छ । हामीले नाकाबन्दीबाट वारपार हुन्छ भनेर सोचेका थियौं ।

० नाकाबन्दी गलत निर्णय थियो ?

होइन । निर्णय त ठिक थियो । त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सकिएन ।

० अब वार्ता कहिले हुन्छ ?

— म पटक–पटक भन्दै आएको छु । चिया खाने वार्ता नगर्नुस् भनेर भन्दै आएको छु । यस्तो वार्ताको कुनै काम छैन । सबै नेता मधेशमा जानु प¥यो । मधेशमा वार्ता गर्नु प¥यो । हामी वार्ता विरोधी होइनौं । सकारात्मक निष्कर्षका लागि हामीले जहिले पनि वार्ताका लागि तयार छौं ।

० पछिलोसम्म तपाईंहरू विहार पुगेर आउनुभयो । विभिन्न नेताहरूसँग भटेर आउनु भयो । उहाँहरूसँग के–के कुरा भयो ?

— मधेश आन्दोलनको समर्थन हामीले सबै मुलुकसँग मागेका हौं । त्यस्तै, भारतलाई पनि समर्थन गर्न भनेका हौं । र, हामीले सबैबाट नैतिक समर्थन पाएका पनि हौं । नेपालका हरेक अधिकार प्राप्तिको लडाईंमा भारतले सहयोग गरेको छ । पहिलो कुरा, अहिले मधेशमा अधिकार प्राप्तिका लागि लडाईं भइरहेकोले सहयोग गर्नु त भारतको कर्तव्य हुन जान्छ । दोश्रो कुरा, नेपालमा रंगभेदको लडाईं भइरहेको छ । यस किसिमको लडाईंमा पनि भारतले सहयोग गर्दै आएको छ । तेश्रो कुरा, भारत लोकतान्त्रिक मुलुक हो । तर, छिमेकी मुलुक नेपालमा लोकतान्त्रिक व्यवहार भइरहेको छैन । त्यसैले पनि मधेशीलाई सहयोग गर्नु भारतको दायित्व हुन जान्छ । चौथो कुरा, भारतको प्रतिनिधिको रोहबरमा २०६४ साल फागुन १६ गते सम्झौता भएको थियो ।

र, त्यो सम्झौताअनुसार संविधान बनेन त्यसैले भारतको पनि सरोकारको विषय हुन जान्छ । पाँचौं कुरा, नेपाल भारतबीच खुला सीमा छ । बेटीरोटीको सम्बन्ध छ । आन्दोलन असफल भयो र हिंसात्मक द्वन्द्वमा मधेश गयो भने खुला सीमाका कारण त्यसको असर मधेशमा मात्र होइन भारतमा पनि पर्छ । त्यसैले मधेश आन्दोलन सफल हुनु पर्छ । सबभन्दा ठूलो कुरा भारत नेपालमा शान्ति र स्थिरता चाहन्छ । यी कुराहरू नै हामीले भनेका हौं । उनीहरू सहमत पनि भएका छन् । उहाँहरूले सहयोग गर्छु भनेका छन् । यो अन्तरवार्ता मधेशवाणीमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.