
हुलाकी न्यूज, जनकपुरधाम २८ माघ । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को धनुषामा समानान्तर समिति घोषणा गरिएको छ ।
बिहीबार एक कार्यक्रमका बिच फोरम लोकतान्त्रिकको समानान्तर समिति घोषणा गरिएको हो ।
घोषणा गरिएको समानान्तर समितिको संयोजक विरेन्द्र यादव रहेका छन् ।
धनुषा अध्यक्ष उमाशंकर अरगडिया निजी स्वार्थमा लागेकोले समानान्तर समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
नयाँ समितिद्वारा जारी गरिएको विज्ञप्तिमा मधेशमा जारी आन्दोलनमा अध्यक्ष अरगडियाले कार्यकर्ताहरुलाई भुमिकाविहिन बनाएर निजी स्वार्थमा लागेकोले नयाँ उर्जाका साथ नयाँ कार्यसमिति घोषणा गरिएको छ ।




