हुलाकी न्यूज, भैरहवा, २४ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको भैरहवामा सम्पन्न बैठकले मोर्चाका नेताहरुको कार्य विभाजन गरेको छ । आन्दोलनलाई थप सशक्त बनाउन कार्य विभाजन गरिएको हो ।

मोर्चाको बैठकले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई काठमाडौंमा हुने गतिविधि तथा कार्यक्रमको जिम्मेवारी दिएको छ । शुक्रबार कपिलवस्तुमा हुने चार अध्यक्षको अन्तिम संयुक्त विरोध सभापछि ठाकुर काठमाडौं लाग्ने छन् ।

त्यस्तै, संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पहाडका जनजातिहरुको समर्थन जुटाउने तथा आन्दोलन चर्काउने जिम्मेवारी दिइएको छ ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र प्रसाद यादवले मधेशमा आन्दोलन चर्काउने तथा कार्यक्रमहरु सशक्त पार्ने जिम्मेवारी पाएका छन् ।

शुक्रबार कपिलवस्तुमा चार वटै अध्यक्षले यस चरणको अन्तिम संयुक्त विरोध सभालाई सम्बोधन गर्नेछन् ।

त्यस्तै अर्को हप्ता महन्थ ठाकुर र उपेन्द्र यादवले काठमाडौंस्थित कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुलाई मधेशको वर्तमान अवस्था र मुद्दाका बारेमा अवगत गराउने कार्यक्रम रहेको मोर्चाका नेताहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.